पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा जनपुर बोल्टसले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो खेलमा जनकपुरले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
१४२ रनको सामान्य चुनौती जनकपुरले १५दशमलव१ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो । प्लेयर अफ द म्याच कप्तान अनिल साहले ४२ बलमा अविजित रहँदै ६२ रन जोडे ।
त्यस्तै पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले २९ बलमा ३६ रन जोडे ।
लहिरु मिनान्थाले १३ बलमा २४ तथा जेम्स नीशमले ८ बलमा अविजित रहँदै १६ रन बनाए ।
यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४१ रन बनायो ।
कर्णालीका लागि महँगा भारतीय खेलाडी शिखर धवन (गब्बर) सहितका विदेशी खेलाडी फ्लप भएपछि नेपाली खेलाडीले नै सम्मानजनक योगफल बनाए ।
गुल्सन झाले २७ बलमा ३६, अर्जुन घर्तीले २२ बलमा ३३ तथा कप्तान सोमपाल कामीले १३ बलमा अविजित रहँदै २९ रन बनाए ।
त्यसबाहेक शिखर धवनले १४ बलमा १४, हङकङका बाबर हायतले २५ बलमा १२ तथा वेष्ट इन्डिजका चाडविक वाल्टनले १२ बलमा ८ रनमात्र बनाए ।
जनकपुरका मोहम्मद मोहसिनले २ विकेट लिए । यो कर्णालीको पहिलो खेल हो भने जनकपुरले दोस्रो खेल खेलेको हो । जनकपुरले पहिलो खेल जितेको थियो ।
प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution