पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ । सहकारी ठगी आरोपमा बयानका लागि लामिछानेलाई आज काठमाडौंबाट चितवन लगिएको हो ।
उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको हाे । लामिछानेलाई भरतपुर विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय पुर्याइसकिएको छ ।
प्रहरीले आइतबार पूर्वडीआईजी) छविलाल जोशी र व्यवसायी रामबहादुर खनाललाई चितवन लगेर सरकारी वकिलको कार्यालयमा बयान लिइरहेको छ ।
गोरखा मिडिया नेटवर्कमा साहारा चितवनको १० करोड ८० लाख रुपैयाँ लगानी भएको बचतकर्ताले उजुरीमा उल्लेख गरेका छन् ।
साथै खनाल र जिबी राई नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सेयरधनी तथा सञ्चालक हुन् । नेचर हर्बसमा साहरा चितवनको नौ करोड ७३ लाख रुपैयाँ लगानी भएको भन्दै उजुरी परेकाे छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी गरेको आरोपमा काठमाडौँमा तीन दिन लगाएर उनीसँग बयान लिइएको थियो । उनको बयान सोमबार सकिएको थियो ।
यसअघि उनलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देहीमा बयान लिइएको थियो ।
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो ।
कास्की जिल्ला अदालतबाट कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution