सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा अहिले सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिडिरहेका छन् ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जितका लागि विराटनगरले एक सय ८३ रनको चुनौती पछ्याउँदैछ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ८२ रन बनायो ।

कप्तान दिपेन्द्र सिंह ऐरीले २४ बलमा अविजित रहँदै ५ छक्का र ३ चौकाको मद्धतले ५७ रन जोडे ।

ब्रान्डन म्याकमुलेनले २६ बलमा ३६ तथा यशान पाण्डेले १६ बलमा २१ रन जोडे ।

अनिल खरेलले ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने भने ३१ रन खर्चेर विकेटविहीन रहे ।

सुदूरको यो पहिलो खेल हो भने विराटनगरले दोस्रो खेल खेलिरहेको हो ।

पहिलो खेल विराटनगरले जनकपुर बोल्टससँग हारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button