विराटनगरबिरुद्ध सुदूरपश्चिम रोयल्सकाे शानदार जीत

  • पोखरा न्यूज
  • २०८१ मंसिर १८
विराटनगरबिरुद्ध सुदूरपश्चिम रोयल्सकाे शानदार जीत

पाेखरा ।  नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।

विराटनगरका  लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए । नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए । अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए । त्यस्तै इस्मत आलम ६ रनमा तगा निकोलस कीर्तोनले पाँच रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन-तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक/एक विकेट लिए ।

त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले  निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको योगफल तयार गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका कप्तान ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए ।

त्यसैगरी ब्रेन्डन म्यामुलेनले २६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । विनोद भण्डारीले २० बलमा चार चौकाको सहयोगमा २३ रन जोडे भने इशान पान्डेले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए ।

आरिफ शेखले पाँच बलमा दुई चौकाको सहयोगमा नौ रन जोडे । सेफ जेबले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे ।

विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक/एक विकेट लिए ।

प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आज दिउँसो १:१५ बजे प्रतिस्पर्धा हुँदैछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस