पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा यही मङ्सिर २९ देखि आगामी पुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा मधुसूधन सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्भने ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा रु १५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापन समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क रु दुई हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ ।
नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको छ ।
विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा सुवेदीले बताए ।
विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालय विजयी भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution