पोखरा । नेपालमा पश्चिमी वायुको प्रभाव कायमै छ । जसको प्रभावले केही दिन यता चिसो बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चिसो बढ्नुका साथै हुस्सु लागेको छ ।
कास्की, तनहुँसहित गण्डकीका जिल्लाहरु र देशका अधिकांश जिल्ला हुस्सुले ढाकिएको छ । साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ ।
देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
यस्तै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
जसका कारण पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution