पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई पनि खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजको पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ ।
खेल बिहान ९ बजे सुरु हुनेछ । कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन् ।
कर्णाली र काठमाडौँ दुवै यो दोस्रो खेल हो । यसअघिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन् ।
कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।
यस्तै, दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुँदैछ । खेल आज दिउँसो १ बजे सुरु हुनेछ ।
विराटनगरको यो तेस्रो खेल हो भने लुम्बिनी पहिलो खेल खेल्दैछ । विराटनगरले दुई खेलमा नै जित हासिल गर्न सकेको छैन् ।
विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्टसँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो ।
लुम्बिनीका कप्तानमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल छन् भने विराटनगरमा सन्दिप लामिछाने छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution