राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना, आजै शल्यक्रिया हुने

  • पोखरा न्यूज
  • २०८१ मंसिर १९
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना, आजै शल्यक्रिया हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

प्रोस्टेटसम्बन्धी उपचार गर्नका लागि उनी आज बिहान अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा.घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान अस्पताल भर्ना गरिएको हो ।

उनको आजै शल्यक्रिया हुँदैछ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस