सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले बढेर एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button