पाेखरा । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ खेलमा काठमाडौँ गुर्खाजले पहिलाे जीत हासिल गरेकाे छ । आज भएकाे पहिलाे खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो ।
योसँगै कर्णालीले लगातार दोस्रो हार बेहाेरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
त्यस्तै काठमाडौँको यो पहिलो जित हो । यसअघि काठमाडौँ चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएकाे खर्कालमा ठमाडौँले एक सय ५० रनको चुनौती १९दशमलव तीन ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।
कर्णालीका लागि सुमित महर्जनले ३७ बलमा अविजित रहँदै ४०, गेर्हार्ड इरास्मसले २८ बलमा ३८ तथा कप्तान करण केसीले १० बलमा २८ रन बनाए । बिपिन शर्माले १८ रन खर्चेर एक विकेट लिए ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएकाे थियो ।
कर्णालीका लागि शिखर धवन ‘गब्बर’ ले ५१ बलमा पाँच छक्का र चार चौकाको मद्धतले अविजित रहँदै ७२ रन बनाए ।
त्यस्तै चाडविक वाल्टनले २१ तथा जीशन मसूदले अविजित रहँदै १४ रन जोडे ।
काठमाडौँका लागि गेर्हार्ड इरास्मसले दुइ विकेट लिए ।
आजको दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लाइन्सबीच हुँदैछ । लुम्बिनीले पहिलो खेल खेल्दैछ भने विराटनगरको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल विराटनगरले हारेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution