लायन्स डिष्ट्रिक्ट ३२५ आइको तेस्रो क्याविनेट मिटिङ पर्वतको कुश्मामा

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइ नेपालको तेस्रो क्याविनेट मिटिङ पर्वतको कुश्मामा हुने भएको छ ।

यही मंसिर २८ र २९ गते हुने क्याविनेट मिटिङको तयारी तीव्र बनाइएको डिष्ट्रिक्ट एक्जुकेटिभ टंकराज अधिकारीले जानकारी दिए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दुई दिनसम्म चल्ने बैठकले पर्वतको संस्थागत क्षमता सुदृढीकरण, सामाजिक सेवाका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह, व्यापार व्यवसायमा गतिशीलता, पर्यटन प्रवर्द्धन तथा समग्र जिल्लाको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । कार्यक्रमले थोरै व्यापारी व्यवसायीले राहतको अनुभूति गर्ने अपेक्षा गरिएकाे छ ।

ग्रामिण पर्यटन, होमस्टे पर्यटन, कृषि पर्यटन, पर्यापर्यटन, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय क्षेत्रको धेरै सम्भावना भएकाले पर्वतको प्रचारप्रसार र समग्र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मूल आयोजक समिति संयोजक एवं डिष्ट्रिक्ट को-अर्डिनेटर अर्जुन पौडेल ‘निर्जन’का अनुसार क्याविनेट मिटिङ सभ्य र भव्यरूपमा सम्पन्न सबै प्रकारको तयारी गरिएको छ ।

उनका अनुसार तयारीअन्तर्गत काठमाडौँ क्षेत्र लमजुङ र गोरखाका सदस्यलाई निमन्त्रणा गरिसकिएको छ । उनले पोखरा क्षेत्रका लायन्स नेताहरुलाई निमन्त्रणा गरिएको बताए ।

मूल आयोजक समितिअन्तर्गत विभिन्न सात वटा समिति गठन गरिएको छ । आर्थिक समिति संयोजक धनराज बी पौडेलले क्याविनेट मिटिङ भव्यरुपमा सम्पन्न गर्न सबै जना तयारीमा लागेका छन् । अर्थिक समितिमा संविधान गिरी, रुचिला सापकोटा, लीला दवाडी र डम्बर गिरी छन् ।

‘क्याविनेट मिटिङलाई सबै किसिमले उत्कृष्ट बनाउन चाहन्छौँ, धेरैभन्दा धेरैको रजिष्ट्रेसन रहोस् भन्ने चाहना छ’, पौडेलले भने ।

प्रिरजिष्ट्रेशनका लागि बाग्मती क्षेत्रमा डिष्ट्रिक्ट को-चिफ एडभाईजर जनार्दन फुँयाल र गण्डकी क्षेत्रमा डिष्ट्रिक्ट को-चिफ एडभाईजर अमृत शोभा खत्रीलाई संयोजक तोकिएको छ ।

उक्त समितिमा सोही क्षेत्रका रिजन चेयरपर्सनलाई जिम्मेवारी प्रदान गरिएको जोन चेयरपर्सन डासीराम अधिकारीले जानकारी दिए ।

पाेखरामा भएको क्याविनेट मिटिङको तयारी छलफलमा सहभागी डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गानाले क्लब सदस्यको उल्लेख्य सहभागिता गराई फेलोसिप गराउने अवसरको सदुपयोग गर्न आग्रह गरे ।

पूर्वडिष्ट्रिक्ट डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले पर्वतमा पहिलो पटक क्याविनेट मिटिङ हुने भएकाले कोशेढुङ्गा सावित हुने दावी गरे ।

मूल संयोजक पौडेलको अध्यक्षतमा भएको छलफलमा डिष्ट्रिक्ट को-चिफ एडभाइजर अमृत शोभा खत्री, पोखरा क्षेत्रका रिजन चेयरपर्सन ज्ञानबहादुर राना, जीवन प्रकाश श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, सूर्य चपाई, बुद्विबहादुर खत्री, नीरा कोईराला र मेनका श्रेष्ठलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button