प्रहरीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ : आईजीपी कुँवर

पोखरा । जिल्ला प्रहरी कार्यालय मनाङको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुवँरले उक्त भवन उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा आईजीपी कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभूति दिलाउनेमा कुनै दुईमत नभएको बताएका थिए ।

आईजीपी कुवँरले ग्रामिण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवाश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह, प्रमुख जिल्ला अधिकारी मात्रिकाप्रसाद आचार्य, जिल्ला समन्वय समिति मनाङ प्रमुख चीन घले, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, मनाङ जिल्लाका सुरक्षा निकाय प्रमुख, अन्य सरकारी कार्यालयका प्रमुख, स्थानीय जनप्रतिनिधि सहभागी थिए ।

उक्त भवन १२ करोड १० लाख ५४ हजार तीन सय ३१ रुपैयाँ लागतमा निर्माण भएको हो ।

सो भवनसँगै कार्यालय, हिरासत कक्ष, व्यारेक भवन, भान्छा घर र शौचालयका नयाँ भवनसमेत निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button