आज शुभ बेलाबाट दिन शुरुआत, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर २०
आज शुभ बेलाबाट दिन शुरुआत, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर २० गते बिहीबार, इस्वीसंवत डिसेम्बर ५ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको चतुर्थी तिथि बिहानमा ११ः५९ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरषाढा साँझमा ५ः२३ बजेसम्म त्यसपछि श्रवण लाग्नेछ । विष्कुम्भादि योगमा वृद्धि १६ घटि १४ पलासम्म त्यसपछि ध्रुव योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा सौम्य रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २६ घटि ३ पला अर्थात १० घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४१ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा १०ः१५ बजे र अस्ताउने समय रातिमा ८ः४९ बजे रहेको छ । आज अन्तर्राष्टिय स्वयंसेवक दिवस र विश्व माटो दिवस रहेको छ ।

आजको राशिफल :

मेष : आज समय मध्यमखालको रहनेछ । आज लाभ हानी दुवै बराबर रहने योग छ । सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ ।

वृष : आज समय ठीक छैन । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन ।

मिथुन : आज समय खराब छ । एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शंका र छटपटी बढाउने सङ्केत छ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्दैन । पहिलेका कमजोरीका कारण झमेला लम्बिन सक्छ । महत्वाकांक्षा जाग्नेछ, तर योजना कार्यान्वयन हुन सक्दैनन् । पढाइ लेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।

कर्कट : आज समय शुभ छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह : आज समय राम्रो छ । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैतृक धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

कन्या : आज समय शुभ छैन । आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ ।

तुला : आज समय शुभ छैन । स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारी तथा प्रशासनिक स्थरबाट आवश्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ ।

वृश्चिक : आज समय शुभ छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ ।

धनु : आज समय अत्यन्तै खराब छ । राजनीति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुसन्धान गरि प्रस्तुत हुनुहोला किनकी प्रतिस्पर्धीहरु तपाइँभन्दा बलिया हुन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबी हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागि चालिएका कदमहरु निरर्थक हुनेछन् ।

मकर : आज समय अत्यन्तै राम्रो रहनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ ।

कुम्भ : आज समय खराब छ । आफन्तहरु टाढिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनीति तथा समाज सेवामा जनताको काम गर्दा पनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला । माया प्रेममा अविश्वास बढ्नेछ भने घर परिवारसंग पनि मनमुटाव सिर्जना हुनेछ । सोचविचार नपुर्याउँदा र हडबड गर्दा काम बिग्रन सक्नेछ ।

मीन : आज समय शुभ रहनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले आज पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३५ बजेदेखि ७ः५४ बजेसम्म शुभ बेला
बिहान ७ः५४ बजेदेखि ९ः१३ बजेसम्म रोग बेला
बिहान ९ः१३ बजेदेखि १०ः३२ बजेसम्म उद्धेग बेला
बिहान १०ः३२ बजेदेखि ११ः५१ बजेसम्म चर बेला
बिहानमा ११ः५१ बजेदेखि १ः११ बजेसम्म लाभ बेला
दिनमा १ः११ बजेदेखि २ः३० बजेसम्म अमृत बेला
दिनमा २ः३० बजेदेखि ३ः४९ बजेसम्म काल बेला
दिनमा ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि ६ः४९ बजेसम्म रोग बेला
साँझ ६ः४९ बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
राति ८ः३० बजेदेखि १०ः११ बजेसम्म चर बेला
राति १०ः११ बजेदेखि ११ः५२ बजेसम्म लाभ बेला
राति ११ः५२ बजेदेखि १ः३३ बजेसम्म अमृत बेला
राति १ः३३ बजेदेखि ३ः१४ बजेसम्म काल बेला
रातिमा ३ः१४ बजेदेखि ४ः५५ बजेसम्म शुभ बेला
रातिमा ४ः५५ बजेदेखि ६ः३६ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस