मोटरसाइकल दुर्घटनामा नार्कका अधिकृत ज्ञवालीको निधन, लमजुङका गुरुङ गम्भीर

  • पोखरा न्यूज
  • २०८१ मंसिर २०
मोटरसाइकल दुर्घटनामा नार्कका अधिकृत ज्ञवालीको निधन, लमजुङका गुरुङ गम्भीर

|फाइल तस्बिर

नवलपुर । कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारका प्राविधिकतर्फका अधिकृत पंकज ज्ञवालीकाे सवारी दुर्घटनामा परी निधन भएकाे छ । गएराति उनी सवार मोटरसाइकल नवलपुरको गैंडाकोटमा दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

उनकाे चितवनस्थित पुरानो मेडिकल कजेजमा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

३५ वर्षीय ज्ञवाली रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका वडा नं. ७ निवासी हुन् ।

साेही दुर्घटनामा राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनमा कार्यरत लमजुङका शुकबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । उनकाे साेही अस्पतालमै उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरु सवार बागमती प्रदेश ०६-००१ प ६२७३ नम्बरको मोटरसाइकल राति ११:३० बजे कालीगण्डकी कोरीडर हुँदै गैँडाकोट-४ स्थित महेन्द्रराजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस