पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ ।
जनकपुरले टस जितेपछि पहिला व्याटिङको निम्तो पाएको पोखराले २० ओभर खेलेर ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो ।
पोखराले बनाएको यो मध्यम स्कोर हो । खेलमा पाेखराका म्याट क्रिट्ले सर्वाधिक ३५ र माइकल लिस्कले २५ रनको योगदान गरे ।
यसअघिको पहिलो खेल गुमाएको पोखरालाई आजको खेल जित्नै पर्ने दवाव छ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
जनकपुर बोल्ट्स सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै लयमा छ । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । अबको केही बेरमा जनकपुरले व्याटिङ गर्दैछ ।
आजै दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।
काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।
काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution