
पोखरा । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा तीन सय रूपैयाँले बढेर एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।





