जनकपुरसँग पनि हार्‍यो पोखरा

पोखरा । पोखरा एभेन्जर्स जनकपुर बोल्ट्ससँग पनि पराजित भएकाे छ । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (विहीबार) को पहिलो खेलमा जनकपुरसँग पोखरा ७ विकेटले पराजित भएकाे हाे ।

पाेखराले दिएकाे १ सय ३९ रनको लक्ष्य दिएको थियो । साे लक्ष्य जनकपुरले १७दशमलव१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर पूरा गर्याे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।

याेसँगै लगातार तीन खेलमा विजयी जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button