पश्चिमी वायुको प्रभाव : पाेखरासहित देशभर चिसाे बढ्याे

  • पोखरा न्यूज
  • २०८१ मंसिर २१
पश्चिमी वायुको प्रभाव : पाेखरासहित देशभर चिसाे बढ्याे

पाेखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी, तराईका केही स्थानमा हुस्सु लागेको छ । यस्तै पाेखरासहित देशभर चिसाे बढेकाे छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको साथै शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरोको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यसबाट दैनिक जनजीवन, यातायात तथा उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस