पोखरा । नेपालको भ्रमणका लागि भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउँदै छन् । उनी भारत भ्रमण सकेर नेपाल आउन लागेका हुन् ।
राजा वाङचुकसहित १९ सदस्यीय भ्रमण दल आज बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन् ।
वाङचुक काठमाडौँ आएपछि बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जानेछन् ।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य छन् ।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ ।
उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution