
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्सले लुम्विनी लायन्ससँग भिड्दैछ ।
खेल दिउँसो १ बजे हुनेछ । यसअघिका दुई खेल हारेको पोखराको यो तेस्रो खेल हो । पहिलो खेलमा हारेको लुम्विनीको दोस्रो खेल हो ।
पोखरा यसअघि जनकपुरसँग ७ विकेटले पराजित भएको थियो भने चितवनसँग ८७ रनले पराजित भएको थियो ।
आजको पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच जारी छ ।
चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने कर्णालीले दुवै खेल हारेको छ ।





