आज सुनको मूल्य घट्याे, चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर २१
आज सुनको मूल्य घट्याे, चाँदीको बढ्यो, कतिमा हुँदैछ काराेबार ?

पोखरा । आजको नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजोको तुलनामा प्रतितोला रू छ सय घटेको हो ।

चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भईरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस