तनहुँको बेल्टारमा सभाहल निर्माण

  • पोखरा न्यूज
  • २०८१ मंसिर २१
तनहुँको बेल्टारमा सभाहल निर्माण

तनहुँ । म्याग्दे गाउँपालिका-३ बेल्टारस्थित ठूलो बगैँचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो ।

अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन ।

साथै अन्य सङ्घसंस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस