कर्णालीलाई पहिलो सफलता, चितवन ६ विकेटले पराजित

पाेखरा। नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा कर्णाली याक्सले पहिलो सफलता हासिल गरेको छ । लिगको दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।

जितका लागि १ सय ३१ रनको सामान्य चुनौती पछ्याएको कर्णालीले १९दशमलव५ ओभरमा मात्र ४ विकेटको क्षतिमा जित हासिल गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कर्णालीका लागि पहिलो विकेटका लागि शिखर धवनसँग ५३ रनको साझेदारी गर्ने क्रममा देव खनालले २५, दोस्रो विकेटका ५१ रनको साझेदारी गर्ने क्रममा चाडविक वाल्टनले १९ बलमा ३० तथा शिखरले ४१ बलमा ४५ रन बनाए ।

यसअघि त्रिवि कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रन बनायो ।

चितवनका लागि इङ्गल्याण्डका रवि बोपाराले ४० बलमा अविजित रहँदै रन तथा कुशल मल्लले २३ रन जोडे । त्यस बाहेक कुनै पनि ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् ।

कर्णालीका लागि बिपिन शर्माले २१ रन खर्चेर ३ तथा जीशन मक्सुदले २२ रन खर्चेर २ विकेट लिए ।

यसअघिका दुवै खेल हारेको कर्णालीको यो पहिलो जित हो भने यसअघिका दुवै खेल जितेको चितवनको पहिलो हार हो ।

तीन खेलबाट ६ अंकसहित जनकपुर बोल्टस् शीर्ष स्थानमा रहेको छ । ४ अंकबाट सुदूरपश्चिम रोयल्स दोस्रो, ४ अंकबाटै चितवन तेस्रो तथा कर्णाली २ अंकबाट चौथो स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button