पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखराका कृष्ण गुरुङ छन् । सहकारीका सञ्चालक सदस्यसमेत रहेका उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।
यसअघि फरार रहँदै आएका उनी कतार जान लागेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई पोखरा ल्याउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
सूर्यदर्शन सहकारी रकम अपचलनकै आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका पूर्वसञ्चालक कुमार रम्तेल, व्यवसायी रामबहादुर खनाल, लीला पछाईलगायतमाथि कास्की प्रहरीले छानविन गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution