
पोखरा । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।
उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरिन् ।
आज बिहान काठमाडौँ आएका राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा उनी नेपाल आएका थिए ।





