चितवन । शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको फाम रेट प्रतिक्रेट (३० वटाको) रु चार सय ७० र मझौलाको रु चार सय ५५ कायम गरिएको छ ।
पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मूल्य वृद्धि भएको बताए ।
उनका अनुसार यसअघि अण्डाको मूल्य रु पाँच सय पाँचसम्म पुगेर क्रमशः घटेको थियो । मूल्य बढेपछि किसान भने उत्साहित बनेका छन् ।
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मूल्य वृद्धि भएको बताए ।
हाल दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएका उनले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution