बुद्ध एयरले थप्यो एटिआर विमान

  • पोखरा न्यूज
  • २०८१ मंसिर २१
बुद्ध एयरले थप्यो एटिआर विमान

|फाइल तस्बिर

पोखरा । निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ एटिआर विमान भित्र्याएको छ ।

नयाँ एटिआर-७२ विमान थपेसँगै कम्पनीसँग एटिआर-७२ सिरिजका विमानको सङ्ख्या १६ पुगेको छ ।

नयाँ विमानको आवश्यक कागजी प्रक्रिया पुर्‍याई डिसेम्बर महिनाको अन्त्यबाट व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

बुद्ध एयरले कल साईन नाईन एन-एओजी विमान फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट खरिद गरेर ल्याएको जनाएको छ ।

हाल सो कम्पनीसँग तीन वटा एटिआर-४२-३२० र १६ वटा एटिआर-७२-५०० जहाज रहेका छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ विमान थप गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

बुद्ध एयरले आन्तरिकतर्फ हाल दैनिक एकसय ४० भन्दा बढी उडान भरिरहेको जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस