लमजुङ । लमजुङमा शुक्रबार नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोर्दी गाउँपालिका वडा नं ८ की १४ वर्षीया बिन्ती तामाङ छन् ।
उनी बेँसीसहर नगरपालिका वडा नं ७ स्थित भूपू सैनिक आवासीय बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिइन् ।
प्याब्सनको कार्यक्रमका लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा उनी अचानक ढलेर बेहोस भएकी थिइन् ।
उनलाई उपचारका लागि लमजुङ जिल्ला अस्पतालमा लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक डीएसपी निशान्त श्रीवास्तवका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution