कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष नन्दराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ ।
दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा आज दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो ।
उनी वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनका श्रीमतीसहित दुई छोरा र एक छोरी छन् ।
नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्यसमेत रहेका गिरीको शनिबार अन्त्येष्टि गरिने नेपाली कांग्रेस कैलालीका नेता देवानन्द जैशीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution