पाेखरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज युरोप जाँदैछन् ।
उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् ।
डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ ।
उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ ।
सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ ।
उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन (ईयू)का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution