झौरीखेत कृषि सहकारी संंस्थाको १०औँ साधारणसभा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
झौरीखेत कृषि सहकारी संंस्थाको १०औँ साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं ५ स्थित झौरीखेत कृषि सहकारी संंस्थाको १०औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले झौरीखेत वडाभित्रकै नमूना सहकारी भएको बताए । उनले पोखरा-५ कृषि क्षेत्र भएकाले कृषिको विकासमा सहकारीसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा सहकारीका सल्लाहकार चित्रनाथ अधिकारी, सूर्यचन्द्र विकास समाजकी अध्यक्ष कमला गौतम, नेपाल रेडक्रस सोसाइटी पोखरा-५ का अध्यक्ष केशव कोइरालाले कृषिको क्षेत्रमा झौरीखेत सहकारीले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा असल ऋणि धनबहादुर मोची, उत्कृष्ट कारोबारी हेमा ओली र उत्कृष्ट सहयोगदाता विमल दुवाडीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नवाज दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गिरीप्रसाद पौडेलले स्वागत, सचिव जुना केसीले सञ्चालन र सहकोषाध्यक्ष अप्सरा बरालले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।

२०७२ सालमा १०० जना सदस्यबाट शुरु भएको सहकारीमा हाल २२५ जना सदस्य पुगेका छन् । आर्थिक बर्ष २०८१ असार मसान्तसम्मा संंस्थाको शेयर पँजी एक करोड ५९ लाख १० हजार, ८५ लाख २५ हजार बचत संकलन भएको लेखा संयोजक सुशीला श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ । यसैगरी संस्थाले सोही अवधिमा एक करोड सात लाख रुपैयाँ ऋण लगानी गरेको बताइन्छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस