सप्तरंगी साहित्य समाज नेपाल गण्डकीको अध्यक्षमा भण्डारी

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
सप्तरंगी साहित्य समाज नेपाल गण्डकीको अध्यक्षमा भण्डारी

पोखरा । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेश अध्यक्षमा अम्विका भण्डारी निर्वाचित भएकी छन् ।

समाजको साधारणसभा तथा अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा गायत्री पराजुली, महासचिवमा रामजी पौडेल, सचिवमा मनोहर दाहाल, कोषाध्यक्षमा नवराज अधिकारी, सहसचिवमा सरला अधिकारी छन् ।

यस्तै कार्यसमिति सदस्यमा सीता बराल, शर्मिला पोखरेल, सुरेश थापा र मनिषा लामिछाने छन् । मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजी आचार्य संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकालले साहित्यका श्रीवृद्धिमा समाजले उल्लेखनीय योगदान गरेको बताए ।

मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजी आचार्यले समाजसँग सहकार्य गरेर साहित्य क्षेत्रलाई अझै गतिशील बनाउन प्रयास गरिने स्पष्ट पारे ।

समाजका आजीवन सदस्य शुभद्रा कोइरालाले साहित्य क्षेत्रमा समाज निकै गतिशील भएको बताइन् ।

समाजकी अध्यक्ष अम्विका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सहसचिव मनोहर दाहालले र सञ्चालन महासचिव रामजी पौडेलले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस