|फाइल तस्बिर
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी गत बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
उनको सोही दिन प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज हुनुभएको जानकारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution