आइपीएल : कर्णाली र सुदूरपश्चिमको जित

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
आइपीएल : कर्णाली र सुदूरपश्चिमको जित

पोखरा । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत शनिबार भएको खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स विजयी भएको छ । कर्णालीले विराटनगर किङ्ग्सलाई र सुदूर पश्चिमले लुम्विनी लायन्सलाई पराजित गरेको हो ।

पहिलो खेलमा विराटनगरले लुम्विनीलाई ४५ रनले तथा कर्णालीले विराटनगरलाई सात रनले हराएको हो ।

एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटिएको थियो ।

बिराटनगरका लागि निकोलस कीर्तनले सर्वाधिक ४० रन बनाए । यस्तै लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कर्णालीको जितमा नन्दन यादव एक्लैले तीन विकेट लिए । साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक/एक विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ बनाएको थियो ।

कर्णाली लागि विलियम बोसिस्टोले ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।

कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए ।

कर्णाली याक्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा बिराटनगरका लागि प्रतीश जिशीले चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ ।

यस्तै सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । योसँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अङ्क तालिकाको अन्तिममा पुगेको छ ।

पहिलो जितको खोजीमा लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुमै झट्का लाग्यो । शून्य रन छँदा पहिलो विकेट गुमाएको उसले पाँच रनमा दोस्रो विकेट र नौ रन छँदा तेस्रो विकेट गुमायो ।

साथै १९ रन छँदा चौथो र पाँचौ विकेट गुमाएपछि लुम्बिनी दबाबमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका विवेक यादवले १४२ दशमलव ५९ को स्ट्राइक रेटमा ७७ रन बटुले पनि त्यो जितका लागि पर्याप्त भएन् ।

लुम्बिनीका अर्जुन साउद, साद विन जफर, रामेन साइमन्डस् र दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सुन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको जितमा ब्राण्डोन म्याक मुलेन र सेफ अलि जेबले समान तीन विकेट लिए भने स्टक कुगेलेनले दुई र अभिनाश बोहोराले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले एक सय ८७ रनको योगफल तयार पारेको थियो । सेफले सर्वाधिक ९० रन बनाए । दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए भने ब्राण्डेन म्याक मुलेनले २३ र बिनोद भण्डारीले १७ रन बनाए ।

लुम्बिनीका लागि रामेन साइमन्डसले दुई, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक/एक विकेट लिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस