स्थानीय स्रोत र साधनको उपयोग गरेर मुलुक समृद्धि : नेता शर्मा

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
स्थानीय स्रोत र साधनको उपयोग गरेर मुलुक समृद्धि : नेता शर्मा

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग-व्यापार सङ्गठनको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले फलाम, तामालागयत बहुमूल्य खनिज उत्खननमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

सूचना प्रविधिको क्षेत्रमा मुलुकले प्रगति गरेको र अझै धेरै गर्ने स्थान रहेकाले त्यसतर्फ पनि विशेष ध्यान दिन आवश्यक भएको उनले बताए ।

पूर्वअर्थमन्त्री शर्माले यस भेगका प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कालिका भगवतीमा धार्मिक पर्यटकको आगमन बढाउन कालीगण्डकीमा पाइने शालिग्रामको महत्वबारे प्रचुरमात्रामा प्रचारप्रसारका साथै कालीगण्डकीको तटीय क्षेत्रको विकास अपरिहार्य भएको विचार व्यक्त गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस