कांग्रेस अन्तरमहानगर स्तरीय बैठकद्वारा चार निर्णय, के-के छन् ? [निर्णय]

  • पोखरा न्यूज
  • २०८१ मंसिर २२
कांग्रेस अन्तरमहानगर स्तरीय बैठकद्वारा चार निर्णय, के-के छन् ? [निर्णय]

पोखरा । नेपाली कांग्रेसको तेस्रो अन्तरमहानगर स्तरीय पदाधिकारी बैठक विराटनगरमा सम्पन्न भएको छ । बैठकले विभिन्न चार वटा निर्णय गरेको छ ।

निर्णयमा पार्टीका पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे, काठमाडौं सभापति नीलकाजी शाक्य, ललितपुर सभापति शुभानन रत्न धाख्य, भरतपुर सभापति चित्रसेन अधिकारी, वीरगञ्ज सभापति मणीन्द्रलाल श्रेष्ठ र विराटनगर सभापति दीपक चापागाईले हस्ताक्षर गरेका छन् ।

निर्णयको पहिलो बुँदामा २०८० साउन १२ गते काठमाडौंमा सम्पन्न पहिलो बैठकबाट भएका चार वटा निर्णय पार्टीको केन्द्रीय सभापति एवं केन्द्रीय समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि दवाव दिने उल्लेख छ ।

यस्तै २०८१ भदौ २७ र २८ गते पोखरामा सम्पन्न दोस्रो बैठकबाट पारित वडा, गाउँ, नगर, उपमहानगर र महानगर स्तरीय कार्यसमितिलाई स्थानीय सरकार अर्थात वडा र पालिकामा उम्मेद्वार छनोट गर्न पाउने अधिकारकारका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेका कांग्रेस पोखरा महानगर कार्यसमिति प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तहका (पालिका स्तर) कार्यसमिति निकै भद्दा र बैठक अनुरुप बैठक सञ्चालन गर्न कठिनाई भएकाले प्रतिनिधित्व गराउने संख्या र समान पदमा दुई जना रहने व्यवस्थाका लागि संशोधन अपरिहार्य रहेको निष्कर्ष निकालिएको र यस विषय केन्द्रीय समितिलाई जानकारी गराउने निर्णय भएको छ ।

कांग्रेसको पार्टी प्रमुखलाई सरकार प्रमुखभन्दा एक तहमाथि प्रविष्ट गरिएकामा स्थानीय तहमा पनि सोही अनुरुपको व्यवस्था हुनुपर्नेमा बैठकले जोड दिएको छ । पार्टीको महानगर सभापतिलाई पदेन सदस्यका रुपमा महाधिवेशनमा सहभागी गराउन पनि बैठकले माग गरेको छ ।

निर्णय



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस