कांग्रेस अन्तरमहानगर स्तरीय बैठकद्वारा चार निर्णय, के-के छन् ? [निर्णय]

पोखरा । नेपाली कांग्रेसको तेस्रो अन्तरमहानगर स्तरीय पदाधिकारी बैठक विराटनगरमा सम्पन्न भएको छ । बैठकले विभिन्न चार वटा निर्णय गरेको छ ।

निर्णयमा पार्टीका पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे, काठमाडौं सभापति नीलकाजी शाक्य, ललितपुर सभापति शुभानन रत्न धाख्य, भरतपुर सभापति चित्रसेन अधिकारी, वीरगञ्ज सभापति मणीन्द्रलाल श्रेष्ठ र विराटनगर सभापति दीपक चापागाईले हस्ताक्षर गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

निर्णयको पहिलो बुँदामा २०८० साउन १२ गते काठमाडौंमा सम्पन्न पहिलो बैठकबाट भएका चार वटा निर्णय पार्टीको केन्द्रीय सभापति एवं केन्द्रीय समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि दवाव दिने उल्लेख छ ।

यस्तै २०८१ भदौ २७ र २८ गते पोखरामा सम्पन्न दोस्रो बैठकबाट पारित वडा, गाउँ, नगर, उपमहानगर र महानगर स्तरीय कार्यसमितिलाई स्थानीय सरकार अर्थात वडा र पालिकामा उम्मेद्वार छनोट गर्न पाउने अधिकारकारका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेका कांग्रेस पोखरा महानगर कार्यसमिति प्रवक्ता धनन्जय पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तहका (पालिका स्तर) कार्यसमिति निकै भद्दा र बैठक अनुरुप बैठक सञ्चालन गर्न कठिनाई भएकाले प्रतिनिधित्व गराउने संख्या र समान पदमा दुई जना रहने व्यवस्थाका लागि संशोधन अपरिहार्य रहेको निष्कर्ष निकालिएको र यस विषय केन्द्रीय समितिलाई जानकारी गराउने निर्णय भएको छ ।

कांग्रेसको पार्टी प्रमुखलाई सरकार प्रमुखभन्दा एक तहमाथि प्रविष्ट गरिएकामा स्थानीय तहमा पनि सोही अनुरुपको व्यवस्था हुनुपर्नेमा बैठकले जोड दिएको छ । पार्टीको महानगर सभापतिलाई पदेन सदस्यका रुपमा महाधिवेशनमा सहभागी गराउन पनि बैठकले माग गरेको छ ।

निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button