पोखरा । सापकोटा कल्याण केन्द्र कास्कीको आठौँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै सापकोटा कल्याण केन्द्रका सभापति डा. कविन्द्र सापकोटाले सापकोटा वन्धुबीच एकता र आत्मीयता बढाउन केन्द्रमार्फत महत्वपूर्ण काम भएको बताए ।
उनले केन्द्रलाई थप गतिशील बनाउँदै सबै सापकोटा बन्धुलाई एकाकार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा सापकोटा कल्याण केन्द्र गण्डकी संयोजक बुद्धिसागर सापकोटा, गण्डकी सचिव टीकाराम सापकोटा; कास्कीका संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, मादी-४ का अध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा-१४ का वडासदस्य गोपाल सापकोटा; तारकाङ-पोखरा सम्पर्क समाजका अध्यक्ष बलराम सापकोटा, सापकोटा कुल मन्दिर समिति अध्यक्ष झपटबहादुर सापकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा ८४ वर्ष काटेका तीन ज्येष्ठ सदस्यलाई सम्मान, केन्द्रका नयाँ आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
केन्द्रका अध्यक्ष यमनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति तथा कार्यक्रम संयोजक सत्यराज सापकोटाले स्वागत गरेका थिए ।
सभाले कोषाध्यक्ष कोपिला सापकोटा र अध्यक्ष यमनाथ सापकोटाले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
यसैबीच कास्कीबाट भूगोलका आधारमा १० जना केन्द्रीय प्रतिनिधि चयन भएका छन् । मादीबाट टंकप्रसाद सापकोटा, बुद्धिसागर सापकोटा, छबिकान्त सापकोटा र कल्पना सापकोटा चयन भए ।
यस्तै हेमजाबाट मनोरथ सापकोटा, अरूणबहादुर सापकोटा र सुरेश सापकोटा छन् । अन्नपूर्णबाट नन्दकली सापकोटा, रूपाको खुदीबाट नवराज सापकोटा र बद्रीका सापकोटा प्रतिनिधि बनेका छन् ।
बाँकी तीन जना जिल्ला प्रतिनिधि पछि चयन गरिने भएको छ । केन्द्रको जिल्ला समितिमा एक सय ३० जना आवद्ध छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution