वामपन्थी एक भए देश विकास हुन्छः महासचिव गुरुङ

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्ति एक नभएसम्म देश बन्न नसक्ने बताएका छन्।

लमजुङको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले वामपन्थी एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए ।

सबै दल एकजुट हुनसके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेका उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button