झापा । पूर्वपश्चिम राजगार्गस्थित झापाको कनकाई नगरपालिका-८ लक्ष्मीपुरमा शनिबार गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ४०८४ नम्बरको गाडीले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ६६ वर्षीय गवरसिंह राईलाई ठक्कर दिएको हो ।
उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
गाडी चालक पर्साको वीरगञ्ज महानगरपालिका-१६ का ३० वर्षीय दीपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution