आज एकै दिनमा लाभ र अमृत बेला परेको छ, सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ मंसिर २३ गते आइतबार, इस्वीसंवत डिसेम्बर ८ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४५, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षशुक्लपक्षको सप्तमी तिथि बिहानमा ७ः४१ बजेसम्म त्यसपछि अष्ठमी तिथि लाग्नेछ । नक्षत्रमा शतभिषा दिनमा २ः४५ बजेसम्म त्यसपछि पूर्वभाद्रपदा लाग्नेछ । विष्कुम्भादि योगमा वरियान ५१ घटि ६ पलासम्म त्यसपछि सिद्धि योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा राक्षश रहनेछ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान २५ घटि ५८ पला अर्थात १० घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४४ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा १२ः०८ बजे र अस्ताउने समय रातिमा १९ः५९ बजे रहेको छ । आज रवि सप्तमी व्रत गर्ने दिन, गोरखकाली पूजा गर्ने दिन र अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ-नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूलसम्बन्धी पेशमा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासँग गाँसिएका काममा लगानी हुनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष : आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । त्यसकारण तत्काल पेसा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ ।

मिथुन : आज समय तथा स्वास्थ्य भरपर्दो रहनेछैन । पेटमा आकस्मिक खराबी आउन सक्ने, आफ्नै रिसको झोंकमा काम बिगार्दै हिंड्ने, जताबाट पनि तपाईँलाई समय राम्रो छैन । आज सकेसम्म उत्तर दिशाको यात्रामा नजानुहोला । आज धार्मिक एवं सामाजिक क्षेत्रमा लाग्नुभएमा ठूलो घाटाबाट बच्न सकिनेछ ।

कर्कट : आज समय राम्रो छैन । सरकारी कार्यालयबाट लिइने काम बन्ने छैन । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा नजानुहोला ।

सिंह : आज स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ छ ।

कन्या : आज समय शुभ छ, स्वास्थ्य भरपर्दो रहनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गर्नु होस् सफलता मिल्ने छ । कसैलाई नगद धन दिएका भए आज माँगे पाइन्छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता पाइने देखिन्छ ।

तुला : आज समय शुभ छैन । साना–साना कुरामा पनि शंका र चिन्ता गर्ने देखिन्छ । जहाँ नजानु पर्ने हो बाध्यताले जानै पर्ने, अरु व्यक्तिले दिएको नखानु पर्ने हो तर खानैपर्ने र आफ्नोबारे निन्दा अपमान सुन्नुपर्ने समय छ । तपाईंको काम आफन्त पर्ने व्यक्तिबाट नै बिग्रने देखिनेछ । आम्दानीभन्दा खर्चले जित्ने दिन पनि छ ।

वृश्चिक : आज स्वास्थ्यमा समस्या आउन सक्छ । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नुहोला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

धनु : आज स्वास्थ्यमा सुधार आउनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । जग्गा, जमिन किन्न चाहनुहुन्छ भने आज अत्यन्त शुभ रहनेछ । पुराना छुटेका इष्टमित्रसँग भेट हुने मौका पनि पाउनु हुनेछ । विशेष गरी उत्तर दिशाको यात्राले फाइदा मिल्नेछ ।

मकर : आज समय अत्यन्त खराब छ, शत्रुस्थानको चन्द्रमाले मनमा विना कामका चिन्ताले सताउनेछन् । आँफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन, निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनेछ ।

कुम्भ : आज समय अत्यन्तै शुभ छ । भाग्यस्थानको चन्द्रमाको प्रभावले कुनै पनि शैक्षिक क्षेत्रमा लगानी आज गर्नुभयो भने राम्रो हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यले समेत साथ दिनेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज पूर्व दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन् ।

मीन : आज समय खराब छ । स्वास्थ्य पनि भरपर्दो रहनेछैन । चिसोबाट सतर्क हुनुहोला । यात्रामा समेत झमेला हुन सक्नेछ । पेशाबाट तनाव उत्पन्न हुनेछ । आम्दानीका स्रोत बन्द हुनेछन् । जागीरमा समेत समस्या आउन सक्छ, आजको कसैसँग धेरै बोल्नु भन्दा नबोल्नु नै तपाइँको जित हुनेछ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले आज दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः४२ बजेदेखि ८ः०० बजेसम्म उद्धेग बेला
बिहान ८ः०० बजेदेखि ९ः१८ बजेसम्म चर बेला
बिहान ९ः१८ बजेदेखि १०ः३७ बजेसम्म लाभ बेला
बिहान १०ः३७ बजेदेखि ११ः५५ बजेसम्म अमृत बेला
बिहानमा ११ः५५ बजेदेखि १ः१४ बजेसम्म काल बेला
दिनमा १ः१४ बजेदेखि २ः३२ बजेसम्म शुभ बेला
दिनमा २ः३२ बजेदेखि ३ः५० बजेसम्म रोग बेला
दिनमा ३ः५० बजेदेखि ५ः०९ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०९ बजेदेखि ६ः५० बजेसम्म चर बेला
साँझ ६ः५० बजेदेखि ८ः३२ बजेसम्म लाभ बेला
राति ८ः३२ बजेदेखि १०ः१४ बजेसम्म अमृत बेला
राति १०ः१४ बजेदेखि ११ः५५ बजेसम्म काल बेला
राति ११ः५५ बजेदेखि १ः३७ बजेसम्म शुभ बेला
राति १ः३७ बजेदेखि ३ः१९ बजेसम्म रोग बेला
रातिमा ३ः१९ बजेदेखि ०५ः०१ बजेसम्म उद्धेग बेला
रातिमा ०५ः०१ बजेदेखि ६ः४२ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button