
पाेखरा। आज डिसेम्बर ८ । यस दिन अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउने गरिन्छ।
‘यौन र प्रजनन स्वास्थ्य र अधिकारका लागि मौलिक मासिक धर्मको पालना’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी याे दिवस दिवस मनाइँदै छ ।
मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेद्भावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आव्हान गर्दछ ।
महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १दशमलव८ बिलियन व्यक्तिका लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएता पनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन् ।
यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाउन थालिएको हो ।





