
पोखरा । आज आइतबार नेपाली बजारमा अइतबार सुनको मूल्य चार सय रुपैयाँ घटेको छ ।
यसअघि तोलामा एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
यसअघि प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार आठ सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।





