आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

  • पोखरा न्यूज
  • २०८१ मंसिर २३
आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

पोखरा । आज आइतबार नेपाली बजारमा अइतबार सुनको मूल्य चार सय रुपैयाँ घटेको छ ।

यसअघि तोलामा एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

यसअघि प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार आठ सय ६५ रुपैयाँ मूल्य कायम भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस