लेखनाथमा पहिलो पटक यःमरी उत्सव

पोखरा । लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका-३० मा यःमरी उत्सव गरिने भएको छ ।

लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गर्न लागिएको बताइन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उनले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्दै यसको प्रवर्द्धन र पुस्तान्तरण गर्न लेखनाथ क्षेत्रमा पहिलो पटक यो उत्सव गर्न लागिएको जानकारी दिइन् ।

उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकार उपलब्ध गराइने उनले बताए ।

लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृति हाम्रो सभ्यताका पहिचान भएको भन्दै यिनीहरूको प्रवद्र्धन गर्दै युवापुस्ता माँझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औँल्याए ।

यःमरी पुन्हीका अवसरमा खाइने यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेकाले यसको पुस्तान्तरण हुनु जरुरी रहेको उनको भनाइ छ ।

गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीनकालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समुदाय बस्दै आएका बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय सङ्गठित बनेको जानकारी दिए ।

लेखनाथ क्षेत्रमा मात्रै करिब दुई सय ४५ घरधुरी नेवार समुदायको रहेको उनले बताए ।

लेखनाथ नेवा मिस पुचका अध्यक्ष मीना श्रेष्ठ, गणेश नेवा खलका अध्यक्ष जयराम श्रेष्ठ, शिशुवा नेवा खलका अध्यक्ष अर्जुन ताम्राकार, भीमसेन नेवा खलका अध्यक्ष लीलाबहादुर श्रेष्ठलगायतले लेखनाथमा पहिलो पटक गर्न लागिएको उत्सवले नेवाः संस्कृतिको पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button