पोखरा । नेपाल पत्रकार महासंघको केन्द्रीय कोषाध्यक्षमा कास्कीका रामकृष्ण ज्ञवालीले उम्मेद्वारी घोषणा गरेका छन् ।
महासंघको नयाँ नेतृत्वमा निर्मला शर्माको प्यानलबाट कोषाध्यक्षमा ज्ञवालीको उम्मेद्वारी घोषणा भएको हो । ज्ञवाली प्रेस चौतारी नेपालका नेता हुन् ।
उनी महासंघका केन्द्रीय सदस्य (२०७३), कास्कीका अध्यक्ष (२०७०) समेत हुन् । उनले २०५८ मा महासंघ कास्की शाखाको कार्यसमिति सदस्य भएर काम गरेका थिए ।
२०५५ मा गगन साप्ताहिकबाट पत्रकारिता शुरु गरेका ज्ञवाली हाल पोखराबाट प्रकाशित समाधान दैनिकका प्रधानसम्पादक हुन् ।
उनले यसअघि पोखरा पत्र दैनिक, जनमत दैनिक, पोखरा एफएम, राजधानी दैनिक, एभीन्यूज टेलिभिजनमा काम गरेका थिए । उनी २०७७ को महासंघको निर्वाचनमा खुला सचिव पदमा पराजित भएका थिए ।
महासंघको नयाँ नेतृत्वका लागि । यही मंसिर २८ गते हुने निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा नयाँ प्यानल आज घोषणा गरिएको हो ।
निर्वाचनमा शर्माले प्रेस चौतारी र नेपाल प्रेस युनियनको साझा उम्मेद्वारको रुपमा अध्यक्षमा उम्मेद्वारी घोषणा भएको हो ।
शर्माको प्यानलमा वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद प्रसाद वागचन्द र महासचिवमा रामप्रसाद दाहालले उम्मेद्वारी घोषणा भएको छ ।
यस्तै, खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोक कुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुलीको उम्मेद्वारी घोषणा भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution