पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विशेष नगरसभामा प्रस्तुत विषयवस्तु सर्वसम्मत अनुमोदन गर्ने गरी सहमति भएको बताएका छन् । साथै मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने निर्णयसमेत भएको उनले उल्लेख गरेका छन् ।
नगरप्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँको रोहबरमा सबै पक्षबीच सहमति भएपछि आइतबारको नगरसभा बस्ने बित्तिकै स्थगित गरिएको हो ।अर्को बैठक मंसिर २८ गते दिउँसो ३ बजे बस्नेछ ।
समझ्दारी पत्रमा नगर प्रमुख आचार्य, उपप्रमुख गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चौलागाईं, प्रवक्ता मोती तिमिल्सिना, कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्ग, एमाले दलका नेता राधिका शाही योगी, वडाध्यक्ष पूर्णबहादुर गुरुङ, देवकृष्ण पराजुली, सन्तोष बास्तोला र नरेन्द्र थापा, निर्मल दियाली, विष्णुप्रसाद बराल, तोरणबहादुर बानियाँ र गङ्गाबहादुर खत्रीको हस्ताक्षर छ ।
समझ्दारी पत्रमा ३७औँ कार्यपालिका बैठकबाट म्याद थप भएका श्रेणीविहीन बाहेकका करारका कर्मचारीको म्याद पुस मसान्तपछि थप नगरिने उल्लेख छ । जसअनुसार मंसिर १ देखि बिदा गर्ने भनिएका ३५ कर्मचारीलाई थप दुई महिनाको पारिश्रमिक उपलब्ध गराइने उल्लेख छ ।
यसैगरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत चौलागाइँ संयोजक, देवकृष्ण पराजुली, सन्तोष बास्तोला, किरण बराल, प्रकाश केसी, विष्णुप्रसाद बराल, तोरण बानियाँ, गङ्गाबहादुर क्षेत्री, कृष्णकुमारी पौडेलका साथै महानगरका कर्मचारी जयराम पौडेल, भरतराज पौडेल र कृष्णप्रसाद तिवारी सदस्य रहेको समिति गठन गरिएको छ ।
महानगरको कार्यपालिका बैठकले करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि विवाद शुरु भएको थियो । सो निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधि आन्दोलित बनेका थिए ।
विवाद बढ्दै गएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका थिए । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि त्यसको विपक्षमा उभिएका थिए । नगरप्रमुख आचार्य दुई दलीय द्वन्दको चेपुवामा पर्दै आएका छन् ।
तर केही वडाध्यक्षले केन्द्रको राजनीतिक समीकरणलाई विचार गरेर पोखरा महानगरमा पनि कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिँदै आएका थिए ।
यस्तो छ समझ्दारी पत्र
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution