मौसममा बदली : हुम्लामा हिमपात, चिसो बढ्याे

  • पोखरा न्यूज
  • २०८१ मंसिर २४
मौसममा बदली : हुम्लामा हिमपात, चिसो बढ्याे

हुम्ला । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका कारण हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात शुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए ।

यस वर्ष ढिला गरी जिल्लामा हिमपात शुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् ।

हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस