पोखराको सभागृहचोकमा सवारी दुर्घटना, मापसे गरी बस चलाउने चालक पक्राउ

पोखरा । पोखराको सभागृहचोक नजिकै आइतबार सवारी दुर्घटना भएको छ ।

पार्किङ गरी राखेको ग१च ५३६१ नम्बरको कारलाई ग१ख ४१२५ नम्बरको पाेखरा यातायात प्रालिकाे नगर बसले ठक्कर दिँदा सो दुर्घटना भएको हाे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार बसको ठक्करबाट कारमा क्षति पुगे पनि अन्य अप्रिय घटना भने नभएको बताइन्छ ।

चालकले मादक पदार्थ सेवन गरी बस चलाएको पाइएको छ । मापसे गरी बस चलाउने चालक पोखरा महानगरपलिका वडा नं ७ घारीपाटन ४८ बर्षीय हस्तबहादुर गुरुङ र बसलाई नियन्त्रण लिई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button