लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक धादिङका गणेशमान पक्राउ

  • पोखरा न्यूज
  • २०८१ मंसिर २४
लमजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक धादिङका गणेशमान पक्राउ

लमजुङ । लमजुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा लमजुङ दूधपोखरी गाउँपालिका वडा नं २ भुम्लीचोकका २५ वर्षीय मेगराज लामा छन् । उनी ट्याक्टरका सहचालक हुन् ।

आज बिहाज करिब ३ः४५ बजे बेसीशहरबाट ताराचोकतर्फ जाँदै गरेको ग१त ६१४१ नं को ट्याक्टर मर्स्याङदी गाउँपालिका वडा नं ६ ठूलीबेसीको भित्री सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ

बिहेको सामान बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक धादिङ बेनीघाट गाउँपालिका वडा नं ६ का २८ बर्षीय गणेशमान चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस