स्याङ्जाकी थापा गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस

  • पोखरा न्यूज
  • २०८१ मंसिर २४
स्याङ्जाकी थापा गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस

पोखरा । स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशसभाको रिक्त समानुपातिक सदस्य पदमा सिफारिस भएकी छन् ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिकाे आज बसेकाे बैठकले थापाको नाम प्रदेशसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले समानुपातिकको बन्द सूचीकाे पहिलाे नम्बरमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस सांसद म्याग्दीकी विमला गौचनको केही अघि निधन भएपछि गण्डकीमा कांग्रेसको तर्फबाट समानुपातिक महिला सांसद पद रिक्त थियो ।

कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भए/नभएको अध्ययन गर्नेछ ।

मापदण्ड पुगेमा आयोगले थापालाई सांसदमा नियुक्त गरेपछि सभामुखले शपथ ग्रहण गराउनेछन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस