आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सोमबार सुनको भाउ बढेकोे छ ।

यसअघि तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

यसअघि प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button